मंसीर २७ एजेन्सी । अरुणाञ्चलमा भारत र चीनका सेनाबीच पुनः झडप भएको छ । उक्त झडप भएको केही दिन पछि मात्रै यो सूचना सार्वजनिक भएको छ । उक्त झडपमा दुबै तर्फका सेना घाईते भएको बताईएको छ ।
भारत—चीन विवादित सीमा क्षेत्रस्थित ‘लाइन अफ एक्चुअल कन्ट्रोल’मै झडप भएको र दर्जनौँ सेना घाईते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतीय समाचार संस्था पीटीआईका अनुसार ९ तारिखका दिन भिडन्त भएको थियो।
लद्दाखको गलवानमा २०२० मे १४ मा भारतीय र चिनियाँ सैनिकबीच भिडन्त भएको थियो। त्यसबेला २० भारतीय र केही चीनीया सेनाको मृत्यु भएको थियो ।
त्यसपछि भारत र चीनबीचको सम्बन्ध तनावग्रस्त रहँदै आएको छ । सन् १९६२ मा युद्ध लडेयता हिंसात्मक झडप सन् २०२० मा भएको हो ।
चीन र भारतबीच करीब ३५ सय किलो मिटर लामो सीमा क्षेत्रमा विवाद रहँदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline