मंसीर २४ एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीले रुसी सेनाले डोनेस्कको बखमुट ध्वस्त पारेको दावी गरेका छन् । उनले भिडियो सन्देशमा बखमुटलाई नष्ट पारेको दावी गरे पनि अन्य विवरण खुलाएनन् ।
बखमुट युक्रेनी सेनाको नियन्त्रणमा रहेको डोनेस्कको सबै भन्दा ठूलो शहर हो । त्याहाँ ७० हजार नागरिक रहेका छन् । पछिल्लो समय बखमुटलाई तीन तिरबाट घेरा हालेर रुसले ब्यापक हमला गरेको थियो ।
बखमुटमा करीब ३० हजार युक्रेनी सेना रहेका थिए । बखमुट कब्जाका लागि रुसले सम्पूर्ण सैन्य शक्ति परिचालन गरेको छ । बखमुट नियन्त्रणमा लिएपछि रुसी सेनाका लागि अन्य ईलाका कब्जा गर्न बलियो सप्लाई रुट प्राप्त हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline