रुस युक्रेनबीच अहिले सम्मकै भीषण लँडाई बखमुटमा जारी, ३० हजार युक्रेनी सेनालाई रुसले तीन तिरबाट घेर्यो

रुस युक्रेनबीच अहिले सम्मकै भीषण लँडाई बखमुटमा जारी, ३० हजार युक्रेनी सेनालाई रुसले तीन तिरबाट घेर्यो

  • शुक्रबार, मंसिर १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

मंसीर १६ काठमाण्डौँ । रुस र युक्रेनबीच युद्ध शुरु भएको नौ महिनामा सबै भन्दा कठिन लँडाई डोनबासको बखमुटमा चलिरहेको छ । डोनबास कब्जा गर्न अघि बढेको युक्रेनको तीस हजार सेनालाई रुसले तीन तिरबाट घेरा हालेर आक्रमण गरीरहेको छ ।
बखमुट शहर वरपरका सबै अग्ला डाँडाहरुमा रुसको वागनर ग्रुपका सेनाले कब्जा जमाईसकेका छन् ।

युक्रेनी सेनालाई दक्षिण रुटबाट हुने सप्लाई समेत रुसी सेनाले काटिदिएको छ ।

चौतर्फी घेराबन्दीमा परेको युक्रेनी सेनाले आपुर्ति र हतियारको समस्या भोगिरहे पनि सेनालाई पछि हटाउन जेलेन्सकीले अस्वीकार गरेका छन् ।

बखमुटमा दैनिक ५ सय बढी युक्रेनी सेनाको मृत्यु भईरहेको रुसी सञ्चार माध्यमको दावी छ ।

रुसले ड्रोन, आर्टिलरी फायर र हवाई हमला मार्फत युक्रेनी सेनाका पोष्टहरु ध्वस्त पारिरहेको छ । रुसी हमलाबाट बच्न युक्रेनी सेना ट्रेन्च भित्र र भवनहरु भित्र पसेर बसेका छन् । जसलाई ड्रोनबाट रुसी सेनाले निशाना बनाईरहेका छन् ।

केही दिनमै रुसी सेनाले डोनबासको रणनीतिक ईलाका बखमुट कब्जा गर्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ