एजेन्सी मंसीर १५ । रुसका विदेशमन्त्री सरगेई लाभरोभले युक्रेन युद्धमा अमेरीका र नेटो प्रत्यक्ष सहभागी भएको बताएका छन् ।
आज युरोपेली सुरक्षा मामलामा पत्रकार सम्मेलनमा बोल्दै लाभरोभले हातहतियारको आपुर्ति र तालिमहरु मार्फत रुस विरुद्ध अमेरीका र नेटो प्रत्यक्ष संलग्न भएको बताए ।
रुसले युक्रेनको सैन्य र सैन्य क्षेत्रसँग सम्बन्धित संरचनामा मात्र आक्रमण गरेको भन्दै रुस बिरुद्ध नेटोको भूमिका गंभीर रहेको चेतावनी दिए ।
चीन बिरुद्ध पनि नेटोको कदमहरु गलत रहेको भन्दै दक्षिणी चीनीया सागरमा हालत तनावपूर्ण बनाएको उनले टिप्पणी गर्दै रुस र चीनबीच सुरक्षा सम्बन्ध बलियो बन्दै गएको बताए ।
रुस र चीन बिरोधी गुटमा भारतलाई तान्न अमेरीका र नेटोले प्रयास गरीरहेको लाभरोभले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline