चिनियाँ राष्ट्रपति सीद्वारा चीन रुस ऊर्जा प्रवर्धन गर्न तयार

चिनियाँ राष्ट्रपति सीद्वारा चीन रुस ऊर्जा प्रवर्धन गर्न तयार

  • मङ्लबार, मंसिर १३, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार रहेको बताएका छन् ।

ऊर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण आधारशिला हो र विश्व ऊर्जा सुरक्षा कायम राख्नको लागि सकारात्मक शक्ति भएको राष्ट्रपति सीले चौथो चीन रुस ऊर्जा व्यापार मञ्चलाई पठाएको बधाइ पत्रमा उल्लेख गरिएको छ ।
सि ले बाह्य जोखिम र चुनौतीहरूको सामना गर्दै दुई देशले सञ्चार र समन्वयलाई सुदृढ बनाएको र ठूला सहयोगी परियोजनाहरूलाई अगाडि बढाएको पनि बताएका छन् ।

राष्ट्रपति सीले यस नयाँ युगमा चीन-रूस बीच ऊर्जा विकासमा सहयोग र समन्वयको व्यापक रणनीतिक साझेदारीको व्यापक सम्भावनाहरूमा पनि जोड दिएका छन् ।

राष्ट्रपति सीले स्वच्छ र हरित ऊर्जा विकासमा जोड दिन र अन्तरराष्ट्रिय ऊर्जा सुरक्षा र औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरताको रक्षा गर्न र दीर्घकालीन, स्वस्थ र दिगो विकासमा नयाँ योगदान पुर्याकउन चिनियाँ पक्ष रुससँग हात मिलाउन तयार रहेको पनि बताए ।
यस्तै मङ्गलबार नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि ऊर्जा व्यापार मञ्चलाई बधाइ पत्र पठाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ