मेलसियामा त्रिशंकु संसदः विपक्षी नेता अनबर बने नयाँ प्रधानमन्त्री

मेलसियामा त्रिशंकु संसदः विपक्षी नेता अनबर बने नयाँ प्रधानमन्त्री

  • बिहिबार, मंसिर ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

क्वालालम्पुर, ८ मंसिर । मलेसियाका दिग्गज विपक्षी नेता अनवर इब्राहिम नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । इब्राहिमलाई नेता राजा सुल्तान अब्दुल्लाहले नियुक्त गरेका हुन् । हालै सम्पन्न निर्वाचनमा त्यहाँ कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन नसक्दा त्रिशंकु संसद बन्न पुगेका छ । अनवर र पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिन दुवैले सरकार गठनका लागि आवश्यक साधारण बहुमत हासिल गरेका थिएनन् ।

दरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मलेसियाका शासकहरूका शाही महामहिमहरूको विचारलाई ध्यानमा राखी राजााले अनवर इब्राहिमलाई मलेसियाको दशौँ प्रधानमन्त्री नियुक्त गर्न स्वीकृति दिएका छन् ।’

शनिबारको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको श्री अनवरको पाकटन हरपान (पीएच) पार्टीसँग सरकार बनाउनको लागि पर्याप्त सिट छैन र उनी कुन पार्टीसँग गठबन्धनमा जानेछन् भन्ने स्पष्ट खुलाइएको छैन ।

७५ वर्षीय वृद्धको नियुक्तिले देशको नेता बन्ने दशकौं लामो उनको प्रयास सफल भएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ