भर्जिनियाको डिपार्टमेन्टमा गोली चल्यो, कम्तीमा १० जनाको मृत्यु

भर्जिनियाको डिपार्टमेन्टमा गोली चल्यो, कम्तीमा १० जनाको मृत्यु

  • बुधबार, मंसिर ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

न्युयोर्क, ७ मंसिर । भर्जिनियाको चेसापेकमा रहेको एउटा डिपार्टमेन्ट स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

आक्रमणकारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । ‘चेसापेक पुलिसले वालमार्टको एक डिपार्टमेन्टमा गोलाबारी भएको पुष्टि गरेको छ । गोलाबारीमा आक्रमणकारीको पनि मृत्यु भएको छ’ चेसापेक शहरले एक ट्वीटमा भन्यो ।

गोली हानाहानको खबर प्राप्त भएपछि घटनास्थलमा ४० भन्दा बढी आकस्मिक सेवाका गाडी पुगेका थिए ।

भर्जिनिया राज्यका सिनेटर लुइस लुकासले ट्वीटरमा भने, ‘आज राती भर्जिनियाको चेसापीकमा रहेको मेरो जिल्लाको वालमार्टमा अमेरिकाको भर्खरको सामूहिक गोलीबारी भएकोमा म अत्यन्तै दुखी छु । जबसम्म हामीले यस बन्दुक हिंसाको महामारी अन्त्यको समाधान खोज्दैनौँ तबसम्म म आराम गर्नेछैन।’

आक्रमणबारे प्रहरीले छानबिन गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ