पुटिनले रुसी सेनाका आमालाई भेट्ने

पुटिनले रुसी सेनाका आमालाई भेट्ने

  • बुधबार, मंसिर ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

मस्को, ७ मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा भीषण लडाइँबीच आगामी दिनमा सैनिकहरूका आमाहरूलाई भेट्ने भएका छन् । राष्ट्रपति प्रशासनका तीन अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै वेदोमोस्ती अखबारले जनाएअनुसार मातृ दिवसका अवसरमा राष्ट्रपति पुटिनले युक्रेनमा खटिएका सेनाका आमाहरूलाई भेट गर्ने भएका हुन् ।

रुसले नोभेम्बर २७ मा मातृ दिवस मनाउछ । पुटिनले सैनिकका आमासँग भेट गर्नेबारेमा क्रेमलिनले भने आधिकारिक रूपमा पुष्टि गरेको छैन । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यसबारेमा थप विवण नदिएको सो अखबारले जनाएको छ ।

युक्रेन युद्ध नवौं महिनामा चलिरहँदा दुबै देशतर्फ ठूलो क्षति भएको छ । रुसले ठूलो संख्यामा सेना गुमाएको छ भने युक्रेनका पूर्वाधारमा अभूतपूर्व क्षति भएको छ । गत साता मात्र रुसी सेनाले युक्रेनका विद्युत पूर्वाधारमा हमला गर्दा लाखौँ युक्रेनी अन्धकारमा बस्न बाध्य भएका छन् ।

युक्रेनमा यस वर्षको हिउँदमा लाखौ मानिसको जीवन कष्टकर हुने विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले चेतावनी दिएको छ । युक्रेनमा यो हिउँदमा तापक्रम माइनस २० डिग्री सेन्टिग्रेडसम्म झर्न सक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ