इमरान खानमाथि हत्याको अर्को प्रयास हुन सक्छः न्यायाधीश

इमरान खानमाथि हत्याको अर्को प्रयास हुन सक्छः न्यायाधीश

  • मङ्लबार, मंसिर ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

एजेन्सी, ६ मंसिर ।  पूर्वप्रधानमन्त्री इमरान खानको ज्यान जोखिममा रहेको र उनीमाथि अर्को हत्याको प्रयास हुनसक्ने पाकिस्तानका एक शीर्ष न्यायाधीशले बताएका छन् ।
राजनीतिक विरोधका क्रममा राष्ट्रिय राजधानीमा सडक अवरुद्ध भएको विषयमा व्यापारीहरूको संस्थाले दायर गरेको निवेदनको सुनुवाइ गर्दै इस्लामावाद उच्च अदालतका मुख्य न्यायाधीश आमिर फारुकलेयस्तो टिप्पणी गरे । उनले गुप्तचर रिपोर्टलाई उद्धृतसमेत गरेका थिए ।

यस महिनाको सुरुमा, ७० वर्षीय खानलाई वजिराबाद सहरमा इस्लामाबादमा ‘लङ्ग मार्च’ गर्ने क्रममा एक आक्रमणकारीले खुट्टामा गोली हानेका थिए । आक्रमणमा खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का एक समर्थकको मृत्यु भएको थियो । उक्त हमलामा एक दर्जन भन्दा बढी घाइते भएका थिए । उक्त घटनापछि पार्टीले आफ्नो मार्च स्थगित गर्न बाध्य पारेको थियो ।

पूर्वक्रिकेटर खानले वर्तमान प्रधानमन्त्री शहबाज सरिफ, गृहमन्त्री राणा सनाउल्लाह र सैन्य अधिकारी जनरल फैसल नसीरलाई आक्रमणको योजना बनाएको आरोप लगाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ