इन्डोनेसियामा भूकम्प जाँदा ५० को मृत्यु

इन्डोनेसियामा भूकम्प जाँदा ५० को मृत्यु

  • सोमवार, मंसिर ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

मंसिर ५, काठमाडौँ । इन्डोनेसियाको जाभा टापुमा ५ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्पमा परि कम्तिमा ५० जनाको मृत्यु भएको छ । अरु सयौं घाइते भएको बताइएको छ । भूकम्पको धक्काले थुप्रै भौतिक संरचना भत्किएका छन् ।

अस्पतालसहित इस्लामिक स्कुल र अन्य सरकारी भवन पनि भूकम्पको क्रममा भत्किएका छन् । रोयटर्सका अनुसार कम्तीमा ३ सय भवन भत्किएका छन् ।

पश्चिम जाभा प्रान्तको सियान्जुर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर सोमबार गएको उक्त भूकम्प १० किलोमिटरको गहिराइमा गएको हो ।

स्थानीय मिडियाका अनुसार कतिपय भौतिक संरचना भत्किँदा मानिसहरू पुरिएर थुनिएका छन् । साथै ७ सय मानिस घाइते भएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी