देशभर करिब ६१ प्रतिशत मत खस्यो, १५ स्थानमा मतदान स्थगित

देशभर करिब ६१ प्रतिशत मत खस्यो, १५ स्थानमा मतदान स्थगित

  • आइतवार, मंसिर ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

मंसिर ४, काठमाडौँ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा करिब ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आइतबार सम्पन्न निर्वाचनमा आयोगले अपेक्षा गरेभन्दा केही मत खसेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले पत्रकार सम्मेलन गर्दै अपेक्षा गरेभन्दा केही थोरै मत खसेको बताए । उनले केही सामान्य घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको पनि जानकारी दिए । २०७४ सालको प्रतिनिधिसभातर्फको ६७.६३ प्रतिशत मत खसेको थियो ।

छ महिनाअघि भएको स्थानीय तह निर्वाचनमा ६६.८६ प्रतिशत मतदाताले मतदान गरेका थिए । त्यसबेला देशभरबाट १ करोड १८ लाख ५६ हजार मत खसेको थियो ।
स्थानीय तह निर्वाचनमा प्रदेश १ मा ६५.३५ प्रतिशत, मधेसमा ६७.६९ प्रतिशत, बाग्मतीमा ६४.१६ प्रतिशत, गण्डकीबाट ६८.२८ प्रतिशत, लुम्बिनीमा ६६.७९ प्रतिशत, कर्णालीमा ७० प्रतिशत र सुदूरपश्चिममा ६५.८० प्रतिशत मतदान भएको थियो ।

यस्तै १५ स्थानमा मतदान स्थगित भएको आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले गुल्मी, सुर्खेत, नवलपरासी, बाजुराका १५ स्थानमा मतदान स्थगित गरिएको बताएका छन् ।

मतदानलाई शान्तिपूर्ण र सहज रुपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न खोजे पनि सुर्खेत, नवलपरासी, गुल्मी, बाजुरा जिल्लाका १५ स्थानमा मतदान स्थगन हुन पुगेको उनले बताए । थपलियाले स्थगित भएको स्थानमा २ दिनभित्र मतदान गर्ने वातावरण निर्माण गर्न निर्देशन दिएको बताए ।

केही जिल्लाको मतदान केन्द्रमा केही कारणवस मतदान कार्य रोकिएकोमा राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि तथा कर्मचारीसँग छलफल गरि पुन सूचारु गरिएको थियो ।

आयोगले स्थगन वा रद्द भएको मतदान केन्द्रमा बढी तयारी गरेर दुई दिनभित्र पुन मतदान गराउने निर्णय गरिसक्न उपयुक्त मिलाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिई सकेको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ