रसुवा र मुस्ताङमा ७० प्रतिशत मत खस्यो, रोकिएका ७५ मध्ये ६० स्थानमा मतदान सुरु

रसुवा र मुस्ताङमा ७० प्रतिशत मत खस्यो, रोकिएका ७५ मध्ये ६० स्थानमा मतदान सुरु

  • आइतवार, मंसिर ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

मंसिर ४, काठमाडौँ । देशभरका ७५ स्थानमा रहेका मतदान केन्द्रमा मतदान रोकिएर ६० स्थानमा पुनः मतदान सुरु भएको छ ।
यस्तै मतदान रोकिएका १५ स्थानमा पनि मतदान सुरु गर्ने प्रयास भइरहेको निर्वाचन आयोगस्थित उच्च स्रोतले जानकारी दिएको छ।

देशका अधिकांश भागमा मतदान शान्तिपूर्ण भएपनि दोलखा, बाजुरा, सिराह लगायतका स्थानमा भने मतपेटिका फुटाउने, जलाउने देखि मतकेन्द्र नै ध्वस्त बनाउनेसम्मका कार्य भइरहेका छन् । अधिकांश स्थानमा सत्ता गठबन्धन र एमाले कार्यकर्ता बीच विवाद बढेर झडपको स्थिति नै सिर्जना भएको हो ।

निर्वाचन आयोगले केन्द्रको सहमति बिना कुनै पनि स्थानमा मतदान स्थगित नगर्न निर्दशन दिएपछि हालसम्म कतैपनि औपचारिक रुपमा मतदान स्थगित गरिएको भने छैन । यसपटकको निर्वाचनमा मतदाताहरुको उत्साहजनक सहभागिता नदेखिएपनि रसुवा र मुस्ताङमा भने ७० प्रतिशत मतदान भएको आयोग उच्च स्रोतले दाबी गरेको छ ।

यो निर्वाचनबाट प्रतिनिधिसभामा २७५ (प्रत्यक्ष १६५ र समानुपातिक ११०) र प्रदेशसभामा ५५० (प्रत्यक्ष ३३० र समानुपातिक २२०) सांसद चयन हुनेछन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६१ दलका १ हजार ५४५ र स्वतन्त्र ८६७ जना प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवार छन् । प्रदेशसभामा ३३० सिटका लागि प्रत्यक्षमा ३ हजार २२४ जना प्रतिस्पर्धामा छन् भने समानुपातिकमा ३ हजार ७०८ जना उम्मेदवार छन् ।

१ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदातामध्ये झन्डै १२ प्रतिशत अर्थात् २२ लाख ९४ हजार १९ जना पहिलो पटक मतदानमा सहभागी हुँदै छन् । निर्वाचन आयोगका अनुसार २०७४ मा भएको आमनिर्वाचनयता २५ लाख ६० हजार ८ सय ३९ मतदाता थपिएका छन् । ६ महिनाअघि भएको स्थानीय तह निर्वाचनयता मात्रै २ लाख ५४ हजार मतदाता थपिएका हुन् । कुल मतदातामध्ये पुरुष ९१ लाख ४० हजार ८ सय ६, महिला ८८ लाख ४७ हजार ५ सय ७९ र अन्य मतदाता १ सय ८५ छन् । अस्थायी मतदाता ४ लाख ५० हजार छन् । विदेशमा रहेका २१ लाख ५९ हजार जना भने यस पटक पनि मतदानबाट वञ्चित भएका छन् ।

१० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र कायम गरिएको छ । यसमध्ये एक सय केन्द्र अपांगमैत्री बनाएको आयोगले जनाएको छ । कैदी, बन्दी, सुरक्षाकर्मी, कर्मचारी, वृद्धाश्रममा रहेकालाई मतदानको व्यवस्था गर्न १ सय ४१ अस्थायी मतदानस्थल कायम गरिएको छ । निर्वाचन गराउन देशैभरि २ लाख ४६ हजार ९ सय ६० कर्मचारी खटिने आयोगले जनाएको छ । त्यस्तै मतदानस्थलको सुरक्षाका लागि २ लाख ९८ हजार सुरक्षाकर्मी खटिएका छन् । आयोगका अनुसार ७१ हजार ६ सय ९३ प्रहरी, १ लाख १५ हजार म्यादी प्रहरी, ७४ हजार ८ सय ४९ सेना, ३५ हजार १ सय १६ सशस्त्र प्रहरी र १ हजार ८ सय २१ जना राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिएको आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ