कञ्चनपुर ४ मंसिर।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा चार जना किरियापुत्रीले मतदान गरेका छन्। क्षेत्र नम्बर २ मा पर्ने शुक्लाफाँटा नगरपालिका–१० मा रहेको सरस्वती मावि मतदान केन्द्रमा चारजना किरियापुत्रीले मतदान गरेका हुन्।
चार दिन अघि बुवा मीनबहादुर ऐरको निधनको शोकमा किरिया बसेका छोराहरु राजेन्द्र, बिरेन्द्र, अमर र अतुलले मतदान गरेका छन् ।

उनीहरुसँगै आमा धौलीदेवी ऐरले पनि मतदान गरेकी छन् । उत्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता एनपी साउद र नेकपा एमालेका तर्फबाट नरबहादुर धामी प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रधिसप्रधामा छन्।


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline