बाजुराको स्वामीकार्तिकको मतपेटिकामा आगजनी, १५ केन्द्रमा मतदान रोकियोः निर्वाचन आयोग

बाजुराको स्वामीकार्तिकको मतपेटिकामा आगजनी, १५ केन्द्रमा मतदान रोकियोः निर्वाचन आयोग

  • आइतवार, मंसिर ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

मंसिर ४, धनगढी । बाजुराको प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदानस्थलको (क) केन्द्रस्थित प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको छ ।

मतदान भईरहेको समयमा अचानक मतपेटिकाबाट धुवा निस्कििएको मतदान अधिकृत रामकुमार यादवले बताए । उनका अनुसार मतपेटिकामा आगजनी कसरी र कसले गरेको भन्नेबारे यकिन कारण थाहा हुन सकेको छैन । आफूहरूले मतदातालाई मतपत्र दिएर मतदानका लागि पठाउँदै गरेको, उता मतपेटिकामा एकाएक धुवाँ निस्किएको यादवले बताए ।

आगो देखिएपछि पेटिकामा पानी खन्याइएको उनको भनाइ छ । कुल ८४० मतदाता रहेकामा त्यस केन्द्रमा ५२८ मत खसेको थियो । तर आगलागीबाट कति मतपत्रमा क्षत्रि पुग्‍यो भन्ने पनि यकिन भएको छैन ।

उक्त घटनापछि के गर्ने भन्ने विषयमा छलफल भइरहेको मतदान अधिकृत यादवले बताए । सुरक्षाकर्मीले कसैलाई पनि नियन्त्रणमा भने लिएको छैन । तर मतदान अहिले रोकिएको छ ।

यसैबीच,  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।

निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ ।

“प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ”, आयोगले भनेको छ, “अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ । यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ