देशभर उत्साहजनक मतदान, मध्याह्नसम्म ३२ प्रतिशत मत खस्यो: आयोग

देशभर उत्साहजनक मतदान, मध्याह्नसम्म ३२ प्रतिशत मत खस्यो: आयोग

  • आइतवार, मंसिर ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

मंसिर ४,काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत देशभर ३२ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि मतदान सुरू भएकोमा मध्याह्न १२ : ४५ बजेसम्म देशभर ३२ प्रतिशत मतदान भएको छ ।

आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले १२:४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको बताए ।
‘देशैभरि सामान्य छिटपुट घटनाबाहेक उत्साहजनकरुपमा मतदान कार्य भइरहेको छ,’ उनले भने, ‘बिहानको समयमा अपेक्षाकृत मतदान भएन, चिसोका कारण पनि होला सायद‚ मतदाताको उपस्थिति पातलो देखिएको थियो तर अहिले सबैतिर उत्साहजनक रुपमा मतदाताको सहभागिता छ ।’

आयोगले कतिपय ठाउँमा विभिन्न विषयमा विवाद हुँदा केहीबेर मतदान रोकिए पनि पुनः मतदान सुरु भइसकेको जनाएको छ ।
‘ मतदान अवरुद्ध भएको ठाउँमा तत्कालै छलफल र संवादबाट विवादको समाधान गर्ने र पुनः मतदान कार्य सुरु गर्ने काम भएको छ,’ प्रवक्ता पौडेलले भने, ‘कतिपय ठाउँमा विवाद समाधानको प्रयास भइरहेको छ ।’

उनले आयोगले आयोगसँग परामर्श नगरी मतदान कार्य स्थगित नगर्न निर्देशन दिएको छ ।

त्यस्तै, मतदाता नामावलीमा मतदाताको नाम नभेटिए आयोगको टोल फ्रि नम्बर ११०२ मा फोन गरेर सहयोग लिनसमेत आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ