प्रचण्डको निर्वाचन क्षेत्रमा प्रदेशसभातर्फ पनि प्रतिनिधिसभाकै मतपत्र !

प्रचण्डको निर्वाचन क्षेत्रमा प्रदेशसभातर्फ पनि प्रतिनिधिसभाकै मतपत्र !

  • आइतवार, मंसिर ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

गोरखा, ४ मंसिर । गोरखा निर्वाचन क्षेत्र नम्बर २ को मतदान केन्द्रमा प्रदेशसभा तर्फको ठाउँमा पनि प्रतिनिधिसभाकै मतपत्र भेटिएपछि विवाद भएको  छ ।

पालुङटार नगरपालिकाको विरुवाटार माविको (क) मतदान केन्द्रमा मतदान अधिकृतहरुले प्रदेशसभाको ठाउँमा पनि प्रतिनिधिसभाकै मतपत्र दिएको भन्दै विवाद भएको हो । सत्तागठबन्धनसँग मिलेर एमालेलाई हराउने रणनीतिले फर्जि मतदान गर्ने चलखेल मतदान अधिकृतबाटै भएको एमालेको आरोप छ ।

‘प्रदेशको ठाउँमा पनि प्रतिनिधिसभाकै मतपत्र दिएछन् । त्यो भएपछि हामीले रोक्यौँ’, स्थानीय चन्द्र कुमालले भने, ‘हामीले रोकेपछि अहिले त्यो मतपेटिका नचलाउने अर्काेमा सच्चाएर हाल्ने भन्ने छ ।’

प्रदेशसभाको ठाउँमा पनि प्रतिनिधिसभाकै मतपत्रमा ३३ जनाले हालेको र उनीहरुलाई पुन मतदान गर्न दिने सहमतिका साथ मतदान सुचारु भएको सो ठाउँका मतदान अधिकृत बद्री अर्याल बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ