लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो- कांग्रेस केन्द्रीय सदस्य डा कोइराला

लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन हो- कांग्रेस केन्द्रीय सदस्य डा कोइराला

  • आइतवार, मंसिर ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

मोरङ, ४ मङ्सिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नं ६ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा शेखर कोइरालाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको बताउनुभएको छ ।

डा कोइरालाले आज बिहान आदर्श माध्यमिक विद्यालयमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै अहिले भइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको माध्यमबाट संविधानको रक्षा, राजनीतिक स्थरिता र भ्रष्टाचार न्यूनीकरण र शासन कायम हुने धारणा राख्नुभयो ।

नेता कोइरालाले कांग्रेसको नेतृत्वमा आगामी दिनमा गठबन्धनको सरकार निर्माण हुने र कांग्रेसको नेतृत्वको दाबेदारी रहने बताउनुभयो । उहाँले निर्वाचनको परिणामपछि कांग्रेस कस्को नेतृत्वमा सरकार बनाउने भन्नेमा निर्णय हुने बताउनुभयो ।

निर्वाचनपछि सुशासन दिने प्रष्ट पार्दै उहाँले भन्नुभयो “हामी पारदर्शी, जनताप्रति जवाफदेही र भ्रष्टाचार न्यूनीकरण गर्न सकेनौँ भने सरकार परिवर्तन हुन्छ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी