सांसद निर्वाचित भएको भोलिपल्ट संसदीय दलको निर्वाचनको तयारी थाल्छुः गगन थापा

सांसद निर्वाचित भएको भोलिपल्ट संसदीय दलको निर्वाचनको तयारी थाल्छुः गगन थापा

  • आइतवार, मंसिर ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

मंसिर ४, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सांसदमा निर्वाचित भए लगत्तै कांग्रेसको संसदीय दलको निर्वाचनको तयारी थाल्ने प्रतिकृया दिएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आइतबार मतदान गरेपछि थापाले सांसद निर्वाचित भएलगत्तै संसदीय दलको नेताको निर्वाचनको तयारी थाल्ने बताएका हुन् ।
महामन्त्री थापाले काठमाडौं महानगरपालिका– ३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गरेका थिए । उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर– ४ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार छन् ।

मतदानपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा महामन्त्री थापाले संवैधानिक व्यवस्था भित्रको चक्र नटुटाउन आग्रह गरेका थिए । उनले प्रधानमन्त्रीका लागि आफूले प्रत्यक्ष संकेत दिएको बताए । उनले कांग्रेस बाहेक अरु कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पूरा नहुने बताए ।

‘यो परोक्ष संकेत होइन । यो प्रत्यक्ष संकेत हो । नेपाली कांग्रेसमा विजयी सांसदबाटै संसदीय दलको नेता चुनिने हो । आजको दिनको यथार्थ के हो भने नेपाली कांग्रेस बाहेक, अरु कुनै पार्टीमा संसदीय दलका लागि औपचारिकता पनि पुरा हुँदैन जस्तो लाग्छ । मैले यो घोषणा गरेको होइन अवस्था बताएको हुँ । आइहालेको अवस्थामा कांग्रेसभित्र आउने हो, उनले भने .

थापाले अगाडि थपे, ”जहाँ संसदीय दलको निर्वाचन हुन्छ । जहाँ मैले मेरो दाबी प्रस्तुत गरेको छु । दाबी गरेको मात्र होइन, यहाँबाट सांसद भएर गएको भोलिपल्टबाटै संसदीय दलको निर्वाचनको तयारी गर्ने हो । लड्ने हो, जित्ने हो । सोही आधारमा म जान्छु र ड्राइभिङ सिटमा बसेर कठिनालाई पार गर्ने हो भने मेरो संकल्प हो ।’

थापाले प्रतिनिधिसभा निर्वाचन पहिल्यै प्रधानमन्त्रीको दाबी गरेका छन् । उनले आफूलाई भाबी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै अब युवाहरूले मुलुकको नेतृत्व गर्नुपर्ने धारणा राख्दै आएका छन् । उनले काठमाडौं क्षेत्र नम्बर ४ का मतदाताहरू शिक्षित रहेकाले आफ्नो विवेकको प्रयोग गरी मतदान गर्न आग्रह गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ