इजरायलमा ४ तले भवनमा आगलागी, २१ जनाको मृत्यु

इजरायलमा ४ तले भवनमा आगलागी, २१ जनाको मृत्यु

  • शनिबार, मंसिर ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.3K
    SHARES

३ मंसिर, एजेन्सी । इजरायलको गाजापट्टीको एक आवासीय भवनमा आगलागी हुँदा २१ जना सर्वसाधारणहरुको मृत्यु भएको छ ।

उत्तरी गाजापट्टीमा रहेको शरणार्थी शिविरस्थित ४ तले भवनमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । गाजाको आन्तरिक मन्त्रालयले सोही क्षेत्रमा ठूलो मात्रामा पेट्रोल भण्डारण गरिएको दावी गरेको छ । आगलागीको मुख्य कारण पनि त्यहि रहेको अधिकारीहरुले बताएका छन् ।

आगो लाग्न सुरु भए लगत्तै अग्नी नियन्त्रकहरू सोही घटनास्थलमा पुगे पनि उक्त भवनमा रहेका सर्वसाधारणहरूको उद्धार गर्न नसकेको अधिकारीहरूले बताएका छन् । करिब डेढ घण्टा लगाएर आगो नियन्त्रणमा लिएपनि सोही भवनमा रहेका सबैको मृत्यु भएको जनाइएको छ ।

आगलागी भएको समयमा परिवारका कतिपय सदस्यहरू कामको खोजीमा अन्यत्र रहेकाले ठूलो मानवीय क्षति भने हुन नपाएको त्यहाँका अधिकारीहरूले बताएका छन् । आगलागीमा परेर मृत्यु भएकाहरूको शुक्रबारको प्रार्थनापछि सामूहिक रुपमा अन्त्येष्टि गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अग्नी नियन्त्रकहरूले भने प्रयाप्त सामग्री नहुँदा पीडितहरूलाई बचाउन नसकेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ