प्यालेसटाइनमा शरणार्थी शिविरको एक घरमा आगलागी, २१ जनाको मृत्यु

प्यालेसटाइनमा शरणार्थी शिविरको एक घरमा आगलागी, २१ जनाको मृत्यु

  • शुक्रबार, मंसिर २, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

२ मंसिर, काठमाडौं । प्यालेसटाइनको उत्तरी गाजा क्षेत्रमा रहेको एउटा शरणार्थी शिविरमा आगलागी हुँदा १० जना बालबालिकासहित २१ जनाको मृत्यु भएको छ ।

गाजास्थित जाबालिया शरणार्थी शिविरको एउटा घरमा आगलागी भएको हो । सामाजिक सञ्जालमा आएका भिडियोहरुमा आगलागीबाट पूरै घर जलेर नष्ट भएको देखिएको छ । आगलागीका क्रममा घरभित्र रहेकाहरुबीच कोलाहल र रुवाबासी चलेको थियो ।

जलिरहेको भवनको झ्यालबाट टाउको बाहिर निकालेर गुहार मागिरहेका दर्दनाक दृष्य पनि सामाजिक सञ्जालमा आएका छन् । भवनभित्रबाट चिच्याईरहेका पीडितका आफन्तजहरुले सडकबाट गुहार मागिरहेका थिए । भवनभित्र बस्दै आएको एउटा परिवारले विदेशबाट आफन्त फर्किएको खुशीयालीमा पार्टी गर्ने क्रममा भान्साबाट आगो सल्किएको प्रारम्भिक छानविनबाट थाहा भएको त्यहाँका अधिकारीहरुलाई उदृत गर्दै अन्तराष्ट्यि सन्चार माध्यमले जनाएका छन् ।
प्यालेसटाइनका राष्ट्रपति महमुद अब्बासले घटनाप्रति दुस्ख व्यक्त गर्दै देशभर एक दिनको शोक घोषणा गर्नुभएको छ । उता, इजरायली रक्षा मन्त्ती बेन्नी गान्जले मानवीय हैसियतमा दुर्घटनामा घाइते भएकाहरुलाई इजरायली अस्पतालहरुमा उपचार गर्ने बताउनुभएको छ । २३ लाख मानिस बस्ने गाजा विश्वमै सबै भन्दा बढी जनघनत्व भएको क्षेत्र हो ।

जहाँप्रति वर्ग किलोमिटर ९ हजार मानिस बस्ने गर्दछन् । त्यहाँ रहेका ८ वटा शरणार्थी शिविरमा मात्रै ६० हजार मानिसहरु बस्ने गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ