चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन, मध्यरातिदेखि स्थिर समय सुरु हुँदै

चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन, मध्यरातिदेखि स्थिर समय सुरु हुँदै

  • बिहिबार, मंसिर १, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

१ मंसिर, काठमाडौ । आज राति १२ बजेबाट निर्वाचनको ‘स्थिर समय’ सुरू हुँदैछ । अघिल्ला निर्वाचनमा ‘मौन अवधि’ भनिएको ‘स्थिर समय’ सुरु भएपछि दल तथा उम्मेदवारहरूले निर्वाचनको प्रचारप्रसार गर्न पाउने छैनन् ।
बिहिबार दिनभर उम्मेदवारहरू प्रचारप्रसारको अन्तिम कसरतमा जुटिरहेको छन् । निर्वाचन आयोगले मंसिर ४ अघिको ‘स्थिर समय’ मा प्रचारप्रसार लगायत कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ ।

बिहिबार राति १२ बजेपछि कुनै पनि उम्मेदवार र राजनीतिक पार्टीलाई निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित गतिविधिमा रोक लगाइएको हो । निर्वाचन आयोगका आयुक्त रामप्रसार भण्डारीले ४ मंसिरको ४८ घण्टा अघिदेखि ‘स्थिर समय’ लागू गरिएको जानकारी दिनुभयो । निर्वाचन कसुर तथा सजाय ऐन अनुसार निर्वाचन हुनु ४८ घण्टा अघिदेखि निर्वाचनको प्रचार लक्षित कुनै पनि कार्यक्रम गर्न पाइँदैन ।

यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइएमा ‘निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गरिने’ जनाइएको छ ।

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएकाले चुनावी प्रचारप्रसार गर्न पाइने छैन ।
केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ