स्थायित्वका लागि एमालेलाई मत दिनुस्: पोखरेल

स्थायित्वका लागि एमालेलाई मत दिनुस्: पोखरेल

  • बुधबार, कार्तिक ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, ३० कात्तिक ।
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि आफ्नो पार्टीलाई मत दिन आग्रह गर्नुभएको छ । एमाले निर्वाचन परिचालन कमिटी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ ले शङ्खरापुर नगरपालिकास्थित साँखुको चलाखु टोलमा आज आयोजना गरेको चुनावीसभामा उहाँले निर्वाचन बलियो पार्टी छान्ने दिन रहेको भन्दै सोच विचार गरेर मतदान गर्न आग्रह गर्नुभयोे ।

नेता पोखरेलले भन्नुभयो, “स्थायित्व धाराशायी बनाउन केही पक्षले कोसिस गरे । जसले गर्दा देशमा दुर्भाग्यपूर्ण अवस्था आयो । त्यसकारण यो निर्वाचनमा एमालेलाई बहुमत दिनुहोस्, बहुमत प्राप्त गरेको एमालेले देशमा राजनीतिक स्थायित्व दिनेछ ।”

नेता पोखरेलले काठमाडौँ क्षेत्र नम्बर २ मा एमालेको नेतृत्वमा विगतमा भएका विकास निर्माणको कामका आधारमा पनि पुनः एमालेका उम्मेदवारले जित हासिल गर्ने दाबी गर्नुभयो ।

काठमाडौँ क्षेत्र नम्बर २ प्रदेशसभा (२) का उम्मेदवार सुवर्ण श्रेष्ठले यसअघि शङ्खरापुर नगरपालिकाको प्रमुख रहँदा भूकम्पले भत्किएका मठमन्दिर, विद्यालयलगायत संरचना पुनःनिर्माण गर्नेदेखि अस्तव्यस्त रहेका सडक निर्माणलगायत विभिन्न विकास निर्माणका काम गरेर नगरको मुहार फेरेको जिकीर गर्नुभयो । उम्मेदवार श्रेष्ठले आगामी दिनमा पनि गोठाटारदेखि नाङ्लेभारेसम्मका विकास निर्माणका काम गरेर देखाउने प्रतिबद्धतासमेत जनाउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ