पोल्यान्डमा रुसी मिसाइल प्रहारः बाइडेनले गरे आपतकालीन बैठक

पोल्यान्डमा रुसी मिसाइल प्रहारः बाइडेनले गरे आपतकालीन बैठक

  • बुधबार, कार्तिक ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

बाली, ३० कात्तिक।
संयुक्त राज्य अमेरिका र यसको नेटो सहयोगीहरूले पोल्याण्डमा दुई जनाको मृत्यु भएको विस्फोटको अनुसन्धान गरिरहेका छन् । तर, प्रारम्भिक जानकारीले सो मिसाइल  रसियाबाट प्रहार नभएको हुनसक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

इन्डोनेसियाको बालीमा भएको जी २० बैठकका लागि भेला भएका विश्वव्यापी नेताहरूले पोल्याण्डमा भएको घातक विस्फोटमा रुस जिम्मेवार भएको युक्रेन र पोल्याण्डका अधिकारीहरूले दाबी गरेपछि बाइडेनले आपतकालीन बैठक गरेका थिए ।

यसअघि अमेरिकी गुप्तचर निकायका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसल पोल्याण्डमा रुसी क्षेप्यास्त्रहरू प्रवेश गरेको कारण विस्फोट भएको बताएको थियो। तर, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले उक्त विवरणको पुष्टि गर्न नसकेको बताएको छ ।
ह्वाइट हाउसले पनि पोल्याण्डबाट आएका रिपोर्टहरू पुष्टि गर्न नसकिने र थप जानकारी संकलन गर्न पोल्यान्ड सरकारसँग काम गरिरहेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ