काठमाडौं, २९ कार्तिक ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेका कामका आधारमा नै जनताले आफूहरुलाई चुनावमा बहुमतले जिताउने दाबी गरेका छन् ।
नागरिक समाज र स्वतन्त्र अगुवाले आज गरेको पैदल यात्रा कार्यक्रममा सहभागी हुँदै अध्यक्ष ओलीले यो निर्वाचनमा एमालेले बहुमत ल्याउने बताए । पैदल यात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित उहाँकी धर्मपत्नी राधिका शाक्यसहित दलका प्रदेश सभा सदस्यका उम्मेदवारहरुलाई नागरिकले फूल मालाले स्वागत गरेका थिए । पैदल यात्रामा नागरिक समाज, स्वतन्त्र युवा र समाजसेवीहरुको सहभागिता रहेको छ।
चुनावी प्रचारप्रसारकै निरन्तरताका रुपमा अध्यक्ष ओलीले कोटेश्वर क्षेत्रमा पैदल यात्रा गर्नुभएको हो । उनीहरुले ललितपुर क्षेत्र नम्बर–३ का प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरुको सहभागितामा पैदल यात्रा गरेका हुन् । चुनावको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्ने प्रचारप्रसार तीब्र पारेका छन्।
यतिबेला राजनीतिक दल र उम्मेदवारहरु चुनावी घरदैलो कार्यक्रमा ब्यस्त भएका छन् ।