गठबन्धनले जितेपछि विकास र समृद्धिले गति लिन्छः प्रचण्ड

गठबन्धनले जितेपछि विकास र समृद्धिले गति लिन्छः प्रचण्ड

  • सोमवार, कार्तिक २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

कार्तिक २८, लमजुङ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचनपछि जनताले अनुभूति गर्ने गरी आर्थिक विकासका काममा लाग्ने बताएका छन् ।

पाँचदलीय गठबन्धनद्वारा लमजुङको राइनसमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सोमबार प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले जितेपछि मुलुकमा विकास र समृद्धिले गति लिने बताएका हुन् ।

मुलुकमा आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि जनतामा महसुस हुन नसकेको भन्दै उनले आगामी दिनमा सत्तारुढ गठबन्धनले समग्र ध्यान आर्थिक विकास र समृद्धिमा दिने बताए । प्रचण्डले भने, ‘गठबन्धनले जितिसकेपछि विकास निर्माण र समृद्धिले गति लिनेछ । यो देशमा राजनीतिक परिवर्तन हुने तर आर्थिक परिवर्तन त्यसै अनुकूल नहुँदा विकास निर्माणले गति लिन सकेको छैन ।’

जनताको घर आँगनमा उज्यालो आएजस्तो नलाग्ने भएको हुनाले राजनीतिक परिवर्तन पनि दिगो नभएको भन्दै प्रचण्डले गठबन्धनको सम्पूर्ण तागत विकास, समृद्धि, सुशासनका लागि लगाउने सहमति भएको समेत बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लहर गठबन्धनको पक्षमा आइरहेको पनि प्रचण्डको दाबी छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र आफू मुलुकका विभिन्न जिल्लामा सँगै घुम्दा र एक्लाएक्लै जाँदा पनि गठबन्धनको पक्षमा जनमत देखिएको दाबी गरेका थिए ।

उनले मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई जनमतसंग्रहको रूपमा ब्याख्या गरेका थिए । उनले भने, यो पटकको निर्वाचन देश अगाडि लैजाने, शान्ति लाई टुंगोमा पुर्‍याउने, जनताको अधिकारलाई परिमार्जित र सुनिश्चित गर्ने या संविधान र देश पछाडि धकेल्ने भन्नेबीच प्रतिस्पर्धा हो ।

पाँचदलीय गठबन्धनबाट लमजुङमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ