उम्मेदवारको पक्ष विपक्षमा उभिने प्रशासनमाथि तत्काल कारबाही गर्ने आयोगको चेतावनी

उम्मेदवारको पक्ष विपक्षमा उभिने प्रशासनमाथि तत्काल कारबाही गर्ने आयोगको चेतावनी

  • सोमवार, कार्तिक २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

२८ कार्तिक, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरुको पक्ष विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थानीय प्रशासनले निर्वाचनमा कुनैपनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने बताउनुभएको हो । उहाँले स्थानीय प्रशासनका कर्मचारीहरुले चुनाव लक्षित राजनीतिक दलका कुनैपनि उम्मेदवारहरुसँग पक्ष विपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने बताउनुभयो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले संचाकर्मीसँग कुरा गर्दै कुनैपनि स्थानीय प्रशासनहरु उम्मेदवारहरुको पक्ष विपक्षमा उभिएको पाइए आयोगलाई जानकारी गराउन पनि सञ्चार माध्यामहरुलाई आग्रह गर्नुभयो ।

उहाँले निर्वाचनलाई असर पार्ने खालका कुनैपनि क्रियाकलाप गर्न नपाईने पनि बताउनुभयो । स्थानीय तहमा कार्यरत कर्मचारीहरु कामको सिलसिलामा राजनैतिक दलका नेता कार्यकर्ता उम्मेदवारसँग नजिक भएर काम गर्ने भएकोले निर्वाचनको समयमा पक्ष(विपक्षमा उभिने सम्भावना भएको भन्दै सबै सजग हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले निर्वाचन आयोग र मातहतका कार्यालयले स्थानीय तहमा कार्यरत कर्मचारीहरुको गतिविधिमा सुक्ष्म ढंगले निगरानी राखेको पनि बताउनुभयो।

गृह प्रशासनले सम्भावित झडप हुने ठाउँमा आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो । निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न गृह प्रशासनलाई पटकपटक निर्देशन दिएको पनि बताउनुभयो । निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन आयोगले सबै खालका शक्ति परिचालन गरिरहेको पनि बताउनुभयो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी