टर्कीमा बम विस्फोटः ६ जनाको मृत्यु, ८१ घाइते

टर्कीमा बम विस्फोटः ६ जनाको मृत्यु, ८१ घाइते

  • सोमवार, कार्तिक २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

२८ कार्तिक, काठमाडौं । टर्कीमा बम विस्फोट भएको छ । विस्पोटमा परि ६ जनाको मृत्यु भएको छ ।

सोही घटनामा ८१ जना घाइते भएका हुन् । टर्कीको इस्तानबुलको टक्सिम स्क्वायरको ब्यस्त बजारमा भएको विस्फोटमा मारिनेमा अधिकांश किनमेल गरिरहेका सर्वसाधारण रहेका छन् । विस्फोट अघि एक महिला सो क्षेत्रमा ४० मिनेटसम्म एक बेन्चमा बसेको र उनी जाने बितिकै विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिंदै दोषीलाई हदैसम्मको कारबाही गर्ने चेतावनी दिनुभएको छ । विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । विस्फोटका कारण केही सवारीसाधन समेत ध्वस्त भएका छन् ।

घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान समेत गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ