आफु र देउवा मिलेपछि नेपालमा गर्न नसकिने कुनै काम नरहेको प्रचण्डको दाबी

आफु र देउवा मिलेपछि नेपालमा गर्न नसकिने कुनै काम नरहेको प्रचण्डको दाबी

  • आइतवार, कार्तिक २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

गोरखा, २७ कार्तिक । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेपछि नेपालमा गर्न नसकिने केही नरहेको बताएका छन् ।
चुनाव प्रचारप्रसारका क्रममा आइतबार हेलिकोप्टर चार्टर गरी चुमनुब्री ३ सिर्दिबासको फिलिम पुगेका प्रचण्डले सभालाई सम्बोधन गर्दै आफूहरु दुई मिलेपछि नेपालमा सबै काम गर्न सम्भव हुने बताएका हुन्।

गोरखाको विकासका निम्ति राजेन्द्र बजगाईंलाई केन्द्रमा र नन्द न्यौपानेलाई प्रदेशमा मन्त्री बनाई विकासको जिम्मा दिइने समेत बताए । उनले भने यो प्रस्ताव म शेरबहादुर देउवाजीसँग राख्नेछु, अहिले नेपालमा शेरबहादुर देउवा र प्रचण्ड मिलेपछि नहुने केही पनि छैन।

उनले प्रतिनिधिसभाका उम्मेद्वार राजेन्द्र बजगाईँलाई र प्रदेशसभाका उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई रुखमा मतदान गर्न र समानुपातिकमा नेकपा माओवादी केन्द्रलाई हँसिया हथौडामा मतदान गर्न आग्रह गरे।

जनताले जिताएपछि दुवै जनालाई मन्त्री बनाउने जिम्मेवारी आफूले लिने पनि प्रचण्डले दाबी गरे । आफू जहाँ गयो त्यहीँका स्थानीयवासीले विज्ञप्तिमार्फत विभिन्न समस्या राखी समाधानको माग गरेकाले आफू त्यसप्रति संवेदनशील रहेको उनको भनाइ थियो।

उनले यसअघि चुमनुब्रीकै छेकम्पार, सामागाउँको चुनावी सभामा सम्बोधन गरेका थिए। स्थानीय भेषभुषमा सजिएका प्रचण्डले सभालाइ सम्बोधन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ