वीरगञ्ज-पथलैया क्षेत्रलाई औद्योगिक करिडोर घोषणा गराउन पहल गर्छु : प्रदीप यादव

वीरगञ्ज-पथलैया क्षेत्रलाई औद्योगिक करिडोर घोषणा गराउन पहल गर्छु : प्रदीप यादव

  • शनिबार, कार्तिक २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

वीरगञ्ज, २६ कार्तिक । जसपा-एमाले गठबन्धनबाट  पर्साको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका साझा उम्मेदवार प्रदीप यादवले लामो समयदेखि औद्योगिक राजधानी र वीरगञ्ज-पथलैया क्षेत्रलाई औद्योगिक करिडोरको मान्यता दिलाउने बताएका छन् ।

शनिबार वीरगञ्ज-२१ स्थित ताजपुरमा घरदैलोका क्रममा मतदाताहरुलाई आफ्नो एजेण्डा सुनाउने क्रममा पूर्वमन्त्रीसमेत रहेका यादवले वीरगञ्ज-पथलैया क्षेत्रलाई औद्योगिक करिडोरको मान्यता दिलाउनुका साथै वीरगञ्जलाई औद्योगिक राजधानी घोषणा गर्न आफूले पहल गर्ने बताएका छन् ।

स्थानीय मतदातासँगको भेटघाट पश्चात आयोजित अनौपचारिक कार्यक्रमका क्रममा यादवले नेपालको सबैभन्दा महत्वपूर्ण उद्योग भएको क्षेत्र औद्योगिक करिडोर घोषणा नहुनु दुर्भाग्यपूर्ण भएको बताउँदै यादवले भने, ‘सबैले वीरगञ्जलाई आर्थिक राजधानी बनाउने, वीरगञ्ज-पथलैया क्षेत्रलाई उद्योगीक करिडोर घोषणा गराउछु भनेर जान्छन तर काम कसैलेपनि गर्दैन । तर, यसपटक म सांसद्का रुपमा निर्वाचित भएर गए पाँच वर्षभित्रमा जसरी पनि यसको क्षेत्रलाई औद्योगिक करिडोरको मान्यता दिलाउँछु  ।’

यस क्षेत्रलाई उद्योगीकहरुले वर्षौदेखि औद्योगिक करिडोरको माग गर्दै आएका छन् ।

त्यस्तै यादवले यस औद्योगिक क्षेत्रमा रहेका उद्योगी र व्यवसायीले भोगिरहेको सुरक्षा चुनौतिको विषयलाई पनि आफूले जोडदार तरिकाले उठाउने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘यहाँका उद्योगहरु सुरक्षित छैनन्, राज्यले प्रदान गर्ने सुरक्षा संयन्त्र अपुग छ । अब त्यस्तो हुँदैन । उद्योगीकहरुको सुरक्षाका लागि म पहल गर्छु । पर्यो भने सदन मात्र होइन सडकमा पनि आएर देखाउँछु ।’

घरदैलो कार्यक्रममा नेकपा एमालेको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विचारी प्रसाद यादव, जसपा तथा एमालेका कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ