चितवन पुगेर देउवाले भने -यो ‘प्रचण्ड’को गृहजिल्ला हो, इमान्दारिताका साथ गठबन्धनको पक्षमा मतदान गर्नु

चितवन पुगेर देउवाले भने -यो ‘प्रचण्ड’को गृहजिल्ला हो, इमान्दारिताका साथ गठबन्धनको पक्षमा मतदान गर्नु

  • शनिबार, कार्तिक २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौं, २६ कातिक ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायी शान्ति र विकासका लागि लोकतान्त्रिक–वाम गठबन्धनले निर्वाचन जित्नुपर्ने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धन चितवनले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर देशलाई धनी बनाउन गठबन्धनले जित्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय एकता स्थापित गरेर सम्पूर्ण नेपालीलाई एक बनाउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “आफ्नै देशमा उद्योग खोलेर जलस्रोतको विकास गरेर नेपाललाई सम्पन्न बनाउनुपर्छ । नेपालभित्रै रोजगारी सिर्जना गरी कोही पनि विदेश जानु नपरोस् भन्ने चाहना मेरो छ ।”

ठूलो सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र स्थायी रुपमा स्थापित गर्न र सङ्घीय शासन व्यवस्था, समावेशिता, हिमाल, पहाड मधेससहित मेचीमहाकालीसम्मको भूभागलाई एक बनाएर लैजाने आफ्नो प्रयास रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “यसलाई अझबढी एकताबद्ध बनाउने भन्ने हो ।” यसैका लागि अहिले गठबन्धनको सरकार रहेको र भोलि पनि हुनुपर्ने उहाँले बताउनुभयो ।

गठबन्धनको जित भएमा राष्ट्रिय एकता स्थापित हुने उहाँको विश्वास थियो । उहाँले भन्नुभयो, “गठबन्धनको एकता भएर अघि बढ्यो भने समावेशी, समानुपातिक मात्रै नभएर राष्ट्रिय एकता पनि स्थापित हुने विश्वास लिएको छु ।” अहिलेको संविधानमा मनपरि तरिकाले संसद् विघटन गर्ने अधिकार नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिलेको संविधानमा मनपरी तरिकाले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन ।”

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई आफ्नो खेलाउना जस्तो गरेर दुई पटक विघटन गरेको उल्लेख गर्दै उहाँले त्यसलाई सबै मिलेर फिर्ता ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले त्यसको खिलापमा संसद् फिर्ता ल्याउने काममा लाग्यौँ, सफल भयौँ ।”

स्थानीय तहको निर्वाचनमा यहाँबाट विजयको सुरुआत भएको भन्दै प्रधानमन्त्री देउवाले प्रदेश र सङ्घको निर्वाचनमा पनि विजयीको सुरुआत चितवनबाटै होस् भनेर आफू यहाँ आएको बताउनुभयो । विजयीको जस पनि चितवनका जनताले लिन पाउने उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला र ऐतिहासिक महत्व बोकेको ठाउँ भएकाले चितवनको महत्व निकै ठूलो भएको उहाँले बताउनुभयो ।

जिल्लाका तीनै क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै उहाँले गठबन्धनको उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले आउँदा तीन निर्वाचनसम्म गठबन्धन अघि बढाउनुपर्ने भन्दै सबैलाई इमान्दारिताका साथ गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाको कारबाही फिर्ता गर्न माग गर्दै ज्ञापनपत्र पेश गरेपछि पार्टी सभापतिसमेत रहनुभएका देउवाले निर्वाचन जिताएपछि कारबाही फिर्ता गर्ने आश्वासन दिनुभयो । उहाँले भन्नुभयो, “चुनाव जिताएकै भोलिपल्ट कारबाही फिर्ता गर्छु ।” देउवाले कसैलाई पनि कारबाही गर्ने मन आफूलाई नभएको बताउनुभयो । तत्कालीन पार्टी सभापति सुशील कोइरालासँग बागी उम्मेदार बनेपछि कोइरालालाई पार्टीले कारबाही गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी