चिनियाँ उपमन्त्री ली चुन काठमाडौंमा

चिनियाँ उपमन्त्री ली चुन काठमाडौंमा

  • शनिबार, कार्तिक २६, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ, २६ कार्तिक । चीनको संस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री ली चुन ५ दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका छन् । अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औं महाधिवेशनबाट राष्ट्रपति सी चिनफिङ थप ५ वर्षका लागि दोहोरिएपछि बेइजिङबाट भएको यो पहिलो औपचारिक भ्रमण हो ।

निर्वाचनको पूर्वसन्ध्यामा शुक्रबार बेलुकी आइपुगेका चीनका राष्ट्रिय सांस्कृति सम्पदा प्रशासनका निर्देशकसमेत रहेका उपमन्त्री ली ले नेपाल बसाईका क्रममा भूकम्पपछि चिनियाँ सहयोगमा पुनर्निर्माण भइरहेका सम्पदाको निरीक्षण गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
परराष्ट्र र संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले दूतावासलाई उपमन्त्री लीको भ्रमण चुनावपछि गराउन सुझाव दिए पनि चिनियाँ पक्षले भ्रमण सांस्कृतिक सम्पदाको निरीक्षणमा केन्द्रित हुने भन्दै मिति तय गरेको थियो । २०७२ को भूकम्पमा क्षतिग्रस्त भएका वसन्तपुर दरबार क्षेत्रलगायतका सम्पदा चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ