उम्मेदवार चुनावी अभियानमा, मतदाता असन्तुष्ट !

उम्मेदवार चुनावी अभियानमा, मतदाता असन्तुष्ट !

  • शुक्रबार, कार्तिक २५, २०७९
  • दिपक चौरसिया

  • 2.2K
    SHARES

वीरगंज २५ कात्तिक ।
जसपा एमाले गठबन्धनका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. ४ “ख” का उम्मेदवार सिंगासन सा. कलवार चुनावी अभियानमा ब्यस्त छन् । कार्यकर्ताको साथमा मतदाताको घरघरमा पुगेर चुनावमा आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् । तर मतदाताले भने आफुहरुलाइ सधै आश्वासन दिने र जितेर गएपछि काम नगर्ने प्रवृत्तिका कारण दुःख पाएको भन्दै असन्तुष्टि जनाउन थालेका छन् ।

मधेश प्रदेशमा करोडौं करोडको ठेक्का लिई अलपत्र छाडेको भन्दै मतदाताले असन्तुष्टि जनाएका हुन् । सिंगासनन प्रदेश सभा सदस्य भएको बेला मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई प्रभावमा पारी करोडौंको ठेक्का हात पार्न सफल भएपनि समयमा सन्पन्न नगर्दा सो क्षेत्रका जनता असन्तुष्ट छन् ।
उनले ठेक्का लिए पनि उनी अधिकांश कामहरु अधुरै छोडेका छन्, कतिपय योजना अधुरै रहेपनि काम भन्दा बढी बजेट भने निकासा भएको मधेश प्रदेश स्रोतले जनाएको छ । रन्जन निर्माण सेवा निवर्तमान प्रदेशसभा सदस्य सिंगासन सा कलवारको कम्पनी हो । सिंघासनकी श्रीमती आशा देवी गुप्ता निर्माण सेवाकी सञ्चालक भएकी छिन् ।

प्रदेश सभा सदस्यमा चुनाव लडेका कलवारले २०७४ सालको निर्वाचनमा विजयी भएका थिए । तर यसपटकको निर्वाचनमा उनलाई कठिन पर्ने देखिएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै आफ्नो मत कस्ता उम्मेदवारलाई दिने भन्ने चर्चा र चासो आम मतदाताहरूबीच बढ्दै गर्दा “ख”का मतदाताहरूले पनि यस पटकको चुनावमा आफूले चुन्ने प्रदेशसभा सदस्यको विषयमा गम्भीर चर्चा परिचर्चामा जुटेको स्थानियहरुले बताएका छन् ।
क्षेत्र नम्बर ४ को “ख” अन्तर्गतका चौक–चौराहामा चलेका चर्चा अनुसार यस अघि सो क्षेत्रबाट निर्वाचित सिंगासन सा कलवार यस पटक फेरि पनि उम्मेदवार बनेर जनता सँग भोट माग्न घरदैलो अभियानमा ब्यस्त भएपछि सो क्षेत्रका आम मतदाताहरूले सिंगासनको बिगतको कामको मूल्यांकन गरेर मात्रै मत निे अभिव्क्ति दिन थालेका छन् ।
४ “ख” बाट बिगतमा चुनाव जितेका सिंगासनले सो क्षेत्रको जनताका समस्या लगायतका विषयमा गम्भीर नभएको गुनासो मतदाताको छ । उनले अधिकांश विकास निर्माण एवं सौन्दर्यीकरण लगायतका कामहरूको ठेक्का पट्टा लिएपनि सो काम तोकिएको समयमा नसकेको र त्यसमा भ्रष्टाचार भएको चर्र्चा चलिरहेको बेला मतदाताले समेत यसबारे चासो लिहेका छन् ।
उनले पर्साको वीरगंज स्थित मुर्ली र नगवा पोखरी लगायत मधेश प्रदेशका अधिकांश ठेक्का पट्टाको कामलाई अल्पत्र छाडेका छन् ।
वीरगंज महानगरपालिकाको मुर्लीमा रहेको पोखरीमा कलवार संलग्न रहेको कम्पनीकै लापरवाहीका कारण दुई जना बालकले अकालमै डुबेर ज्यान गुमाउनु परेको दुःखद घटना अहिले पनि वीरगंजवासीको मनमा ताजै छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ