न्यायालयको उचाइमा पुर्याउन बार र बेन्च एक ठाउँमा उभिनुपर्छ : कामु प्रन्या कार्की

न्यायालयको उचाइमा पुर्याउन बार र बेन्च एक ठाउँमा उभिनुपर्छ : कामु प्रन्या कार्की

  • शुक्रबार, कार्तिक २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौँ, २५ कात्तिक ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायालयको उचाइलाई सकारात्मक दिशामा अगाडि बढाउन बार र बेन्च एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।

नेपाल कानून व्यवसायी परिषद्को २९औँ दिवसका अवसरमा आज आयोजना गरिएको ‘बधाई तथा सम्मान’ कार्यक्रममा उहाँले न्यायालयलाई सकारात्मक दिशामा अगाडि बढाउन बार र बेन्चबीच एकता हुनुपर्ने बताउनुभएको हो ।

“न्यायापालिकाको स्वतन्त्रता र स्वच्छतामा कमीकमजोरी भए औँल्याइदिनुस्, त्यसलाई सम्बोधन गर्न अथक प्रयास गर्नेछौँ”, कामु प्रधानन्यायाधीश कार्कीले भन्नुभयो, “न्यायालयको उचाइ बढाउने अभियानलाई सफल पार्न बार र बेच्न एक ठाउँमा बसेर हिँड्न तयार होऔँ ।”

उहाँले न्यायालयमा सुधार ल्याउनका लागि न्यायाधीश नियुक्ति, सरुवा, बढुवा सबैमा आधार र मापदण्डको प्रक्रियाबाटै अघि बढाउन सकेमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्नुभयो । कामु प्रधानन्यायाधीश कार्कीले पाँच वर्षभन्दा पुराना मुद्दालाई हेर्न छुट्टै इजलास गठन गरी पीडितलाई न्याय दिनका लागि लागिरहेको बताउनुभयो ।

महान्यायाधिवक्ता खम्बहादुर खातीले न्यायालयको सुधारका लागि बार र बेन्चले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले कानून व्यवसायीहरूले बहस गर्दा आफ्नो समयलाई व्यवस्थापन गरी समयमै बहस सक्ने व्यवस्था गर्नुपर्ने भनाइ राख्नुभयो ।

सो अवसरमा एक सय ३२ जनाले वरिष्ठ अविधक्ताको उपाधि प्राप्त गर्नुभएका अधिवक्तालाई सम्मान गरिएको थियो भने बार काउन्सिलको परीक्षामा उत्कृष्ट भएका १० जनालाई सम्मान गरिएको थियो । साथै, सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीद्वारा लिखित ‘नेपाली कानून साहित्यको सिंहावलोकन’ उत्कृष्ट पुस्तकलाई पुरस्कृत गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी