काठमाडौं क्षेत्र नं. १ मा प्रकाशमान सिंहको घरदैलो

काठमाडौं क्षेत्र नं. १ मा प्रकाशमान सिंहको घरदैलो

  • शुक्रबार, कार्तिक २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौं, २५ कार्तिक । नेपाली काँग्रेसका नेता तथा सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाशमान सिंहले घर दैलो अभियानलाई तीव्रता दिएका छन्।

सिंहले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियानलाई तीव्रता दिएका हुन्। उम्मेदवार सिंहले शुक्रवार काठमाडौं क्षेत्र नं १ अन्तर्गत डिल्लीबजार, कालिकास्थान  आसपासका क्षेत्रमा घरदैलो गरे।

गठबन्धनका नेता, कार्यकर्ताहरुसहितको उनको टोली सो क्षेत्रमा घरदैलोमा पुगेको हो । सिंह सँगै काठमाडौं क्षेत्र नं. १ (क) का प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठ सहितका उम्मेदवार पनि घरदैलो अभियानमा सक्रय छन् ।

हाते माईकको सहायतामा चुनावी गीत सहित चुनावी घररदेलो अभियान जारी राखेका सिंहले संविधाननको रक्षा र संविधान कार्यान्वयन गर्न नेपाली कांग्रेसलाई भेट दिन आग्रह गरेका छन्। वर्तमान निर्वाचन प्रणालीमा गठबन्धन अपरिहार्य रहेको भन्दै गठबन्धनलाई जिताउन सिंहले आग्रह गरे।

काठमाडौँ क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह, प्रदेशसभा (क)मा दीपेन्द्र श्रेष्ठ र प्रदेशसभा (ख)मा सुरजचन्द्र लामिछाने उम्मेदवार छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ