आर्थिक विकास र समृद्धिका लागि एमालेको सरकारः ईश्वर पोखरेल

आर्थिक विकास र समृद्धिका लागि एमालेको सरकारः ईश्वर पोखरेल

  • शुक्रबार, कार्तिक २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

काठमाडौं, २५ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिको लागि एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा बागमती प्रदेशस्तरीय बृहत सहकारीकर्मी भेलालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले औधोगिक क्षेत्र, राजमार्ग, अस्पताल लगायतका पूर्वाधारको निर्माणको थालनी एमालेलै गरेको बताउनुभयो । उहाँले अहिलेको मुख्य कार्यभार राजनीति स्थायित्व रहेकाले पनि राजनीतिक स्थायित्व नभई देश अघि बढ्न नसक्ने बताउनुभयो । राष्ट्रियहितको रक्षा, भ्रष्टचारको अन्त्य, सामाजिक सुरक्षा लगाएतका एजेण्डा एमालेको भएको उहाँको भनाइ छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेको सरकार बनेपछि समृद्ध नेपाल सुखी नेपालीको नाराले साकार रुप लिने धारणा राख्नुभयो ।

यसैबीच, काठमाडौं महानगरपालिका ४ का काँग्रेसका स्थानीय नेता रमेश प्रजापति, आशिष महर्जन तथा माओवादी केन्द्रबाट काठमाडौं महानगरपालिकाको वडा सदस्यका उम्मेदवार बनेका दिनेश श्रेष्ठ, राप्रपाका न्हूछे प्रजापति, जसपाका शिप पाण्डे, अंशु उपाध्याय र बिमला पाण्डे लगायत दर्जनौंलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा स्वागत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ