युवाहरुको रोजाइमा स्वतन्त्र उम्मेदवार द्विवेदी

युवाहरुको रोजाइमा स्वतन्त्र उम्मेदवार द्विवेदी

  • बिहिबार, कार्तिक २४, २०७९
  • दिपक चौरसिया

  • 4.6K
    SHARES

पर्सा, २४ कात्तिक । वीरगंजमा चुनावी सरगर्मी छाएको छ । चुनावी मैदानमा गठबन्धन बिरुद्ध स्वतन्त्र उम्मेदवारी दिनु भएका अजय द्विवेदीको घरदैलो कार्यक्रममा हजारौ युवाहरु सहभागि जनाउदै भव्य रुपले स्वागत गर्नुको साथै घरदैलोमा समेत सहभागि जनाउदै एकयवद्धता जनाएका हुन ।

बिहिवार बिहान करिब ७ बजेदेखी वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा घरदैलो कार्यक्रम रहेको सुचना पाउनसाथ स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई युवा तथा बृद्धहरुले भव्य स्वागत गर्नुको साथै घरदैलोमा समेत सहभागिता जनाएका थिए । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिनु भएका अजय द्विवेदी स्वच्छ छबि भएका र केही गर्न सक्ने आट राख्ने नेताको रुपमा मानिएकोले समर्थन गरिएको स्थानीय युवाहरु बताउछन ।

वीरुगंज महानगरपालिका वडा नम्बर ११ निवासी अशोक साहका अनुसार यस अगाडी निर्वाचित गराएर पठाएका माननीयले आफ्नो क्षेत्रमा काम गर्न नसकेको कारण यसपालि परिवर्तनको निम्ति अजय द्विवेदीको पक्षमा उभिएको बताए । उहाले मात्र परिवर्तनको लागि होइन, वीरगंजको मुहार फेर्न सकिने भएकोले यसपालिको निर्वाचनमा स्वतन्त्रको पक्षमा उभिएको बताए । निर्वाचनको समयमा एकाधिकार मत प्रयोग गर्ने जनता नै हुन तर निर्वाचित भए लगतै त्यही नेताले निर्वाचित गराउने जनतालाई दास झै व्यवहार गर्ने गरेको कारण पनि स्वतन्त्रको पक्षमा उभिएको, उनले बताए ।

अर्का स्थानीय रामनिवास मण्डलका अनुसार मधेसको मांग पुरा हुने आश्वास दिदै यसअघि निर्वाचनमा निर्वाचित भएका नेताले आफ्नो कुर्सीको लोभमा मांग पुरा गर्न नसकेको आरोप लगाए । उनका अनुसार मधेस आन्दोलनमा शहादत भएकाहरुको मुर्ती त बनाईयो, तर संरक्षण हुन सकेन, मधेसी जनताको लागि एक बृद्धले आफ्नो सन्तान त गुमाए तर आश्वास बाहेक केही पाएन्न । निर्वाचनको समयमा मधेसी जनता निर ठुला ठुला भाषण गरेका नेताहरुले एउटा पनि आश्वासन पुरा गर्न सकेन्न । मधेसी दलको नाममा उल्टै मधेसीहरु ठगिएको, उनले बताए । जसका कारण अहिलेको समयमा गठबन्धन भन्दा पनि स्वतन्त्रको पक्षमा जनलहर बढ्दै गएको रामनिवास मण्डलले जानकारी दिनुभयो ।

स्वतन्त्र उम्मेदवार रुपेशमानलाई जिताउने वडा नं. १० का मतदाताकाे प्रतिबद्धता

वीरगञ्ज स्वतन्त्र उम्मेदवार रुपेशमान सिंहले बिहीबार साँझ वीरगञ्जको वडा नम्वर १० ठाकुरराम क्याम्पस पछाडी बजरंग टोलमा घरदैलो गरेका छन् ।

मतदाताको घरदैलोमै पुगेर स्वतन्त्र उम्मेद्वार सिंहले लालटेनमा मतदान गर्न आह्वान गरे । उनले दल र दलका उम्मेद्वारकै कारण देश र क्षेत्रको विकास हुन नसकेकाले विकास र समृद्धिका लागि अब स्वतन्त्रलाई जिताएर पठाउन आवश्यक रहेको बताए । घरदैलोमा पुग्दा मतदाताले स्वतन्त्र उम्मेदवारलाई सिंहलाई फुलमाला लगाएर स्वागत गरेका थिए ।

मतदातासँग प्रतिकृया दिँदै स्वतन्त्र उम्मेद्वार सिंहले आफ्नो मुख्य एजेण्डा शिक्षा, स्वास्थ्य निशुल्क बनाउने भन्दै कृषि, रोजगार, पर्यटन प्रवद्र्धन प्राथमितामा राखेर काम गर्ने बताए । भौतिक निर्माणका कामलाई सम्बन्धित मन्त्रालय र निकायको समन्वयमा काम गर्ने भन्दै उनले मतदाताको सल्लाह बमोजिम नै आफू अघि बढ्ने उनले बताए । घरदैलो अभियानमा स्वस्फूर्त रुपमा महिला, बृद्ध, युवा लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ