कार्तिक २४ झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको चुलबुले बानीले गर्दा नेकपाको एकता नटिकेको र एमाले कार्यकर्ता लिएर हिँडेको आरोप लगाएका छन् ।
झापाको शिवगञ्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एकै ठाँउमा बस्न नसक्ने प्रचण्डको चूलबुले बानी रहेको बताए ।
पार्टी एकीकरण गरिसकेपछि एकतवद्ध पार्टीमा बसेर देश बनाउनुपर्नेमा केही एमालेका कार्यकर्तालाई प्रचण्डले अल्मलाएर आफैंसँग लगेको उनको भनाइ छ।
अध्यक्ष ओलीले गठबन्धन छाडेर एमालेमा आउन काँग्रेस एमालेका कार्यकर्तालाई अपील गरे ।
आगामी निर्वाचनमा एमालेले नजिते देश नवन्ने भएकाले देश वनाउन एमालेले चुनाव जित्ने र पाँच वर्ष सरकार चलाउने बताए ।
यसपटकको निर्वाचनमा केही सिटमा राप्रपासँग भएको तालमेलको सहमतिलाई कार्यान्वयन गर्ने उनले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline