मेरो अब सम्पूर्ण जीवन देशको आर्थिक विकासमा समर्पित गर्नेछु : प्रचण्ड

मेरो अब सम्पूर्ण जीवन देशको आर्थिक विकासमा समर्पित गर्नेछु : प्रचण्ड

  • बिहिबार, कार्तिक २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

कार्तिक २४ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष आफ्नो बाँकी जीवन अब देशको आर्थिक विकासमा समर्पित गर्ने बताएका छन् ।

आज गोरखामा बोल्दै प्रचण्डले राजनीतिक क्रान्तिको चरण लगभग पूरा भएकाले अबको सम्पूर्ण जीवन देशको आर्थिक विकासका लागि खर्च गर्ने बताए ।

भच्चेकमा आज भएको कोणसभामा बोल्दै प्रचण्डले आफूले पाँच वर्ष भित्र गोरखाका सबै बाटो पिच गरीसक्ने प्रतिवद्धता जनाएका छन् ।

उनले आफूलाई विजयी गराएर पठाएमा सिंगो गोरखा जिल्लाको विकास निर्माणमा लाग्ने बताएका थिए।

‘गोरखाबाट आर्थिक विकासको नमूना प्रस्तुत गर्नेछु,’ उनले भने। उनले संविधान नमान्ने प्रतिगमनलाई परास्त गर्न पनि आग्रह गरेका थिए ।

उनले राजनीतिक परिवर्तनसँगै विकास निर्माण हुन सकेन भने व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको बताएका थिए।

‘संविधान रक्षाको साथै आर्थिक समृद्धिका लागि अहिले गठबन्धन गरिएको हो। मेरो बाँकी जीवन आर्थिक क्रान्तिका लागि हो,’ उनले भने।

कोण सभामा बोल्दै कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गोरखा २ प्रदेश सभा क्षेत्र ९ख० का उम्मेदवार सुरेन्द्र पाण्डेले प्रचण्ड भविष्यमा प्रधानमन्त्री बन्न सक्ने भएकोले विकास निर्माणका योजना ल्याउन र कार्यान्वयन गर्न सजिलो हुने बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ