चुनावको मुखमा ललितपुर १ मा एमालेलाई धक्का, गोदावरीका वडाअध्यक्ष प्रवेश गरे काँग्रेस

चुनावको मुखमा ललितपुर १ मा एमालेलाई धक्का, गोदावरीका वडाअध्यक्ष प्रवेश गरे काँग्रेस

  • बिहिबार, कार्तिक २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं, २४ कात्तिक । २०७४ को स्थानीय तह निर्वाचनमा गोदावरी नगरपालिका–३ मा एमालेबाट विजयी भएका वडाध्यक्ष बालमुकुन्द घिमिरे कांग्रेस प्रवेश गरेका छन् । एमालेका संघीय उम्मेदवार नवराज सिलवाल र प्रदेशसभा (क) का उम्मेदवार मधुसुदन पौडेलको बसोबास रहेको वडा नम्बर ३ मा प्रभाव राख्ने व्यक्ति घिमिरे कांग्रेस प्रवेश गरेपछि एमालेलाई संकट परेको छ।

०७४ को निर्वाचनमा सिलवाललाई सघाएका घिमिरेले एमालेले विगतमा गरेका प्रतिवद्धता बिर्सिएकाले आफूले कांग्रेस रोजेको बताएका छन् । तीनवटा विषयमा स्नातकोत्तर गरेका घिमिरे कानुन व्यवसायी पनि हुन् ।

दुईपटक एमालेको जिल्ला सचिवालय सदस्यसमेत रहेका घिमिरेलाई कांग्रेस प्रवेश गराउँदै संघीय संसदका उम्मेदवार उदयशमशेर राणाले पार्टीले उचित जिम्मेवारी दिने बताएका छन् । घिमिरेले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्ने भन्दै गोदावरीमा भएको घरदैलो अभियानमा बिहीबारदेखि सक्रिय भएको बताएका छन् ।

‘म संविधान रक्षाका लागि लड्ने मान्छे हो । विगतमा म एमालेमा रहँदासम्म इमान्दारिताका साथ काम गरेँ । जब केपी ओलीले संसद् विघटन गर्नुभयो, त्यो गैरसंवैधानिक कुरा थियो र पार्टीभित्र मैले त्यतिबेला पनि यो गैर संवैधानिक छ भनेर कुरा उठाएँ । जतिसुकै विवाद भए पनि संविधान र देशको लागि यो गलत कदम हो भनेको थिएँ ।

पछिल्लो दिनमा एमालेले पूर्वपञ्चहरुलाई लिएर गठबन्धन बनायो, यसमा मेरो असहमति हो । नेपाली कांग्रेसले प्रगतिशील र परिवर्तनकारी शक्ति वाम गठबन्धनले गर्दा यो देश, संविधानको रक्षा र जनताकै परिवर्तनका साथै विकास पनि हुन्छ भन्ने कुराले आकर्षित भएर नेपाली कांग्रेस प्रवेश गरेको हुँ । आजैदेखि गठबन्धनलाई जिताउन लागिसकें,’ घिमिरेले भने ।

तेह्रथुमबाट पनि पूर्व वडाअध्यक्ष कार्कीले छाडे एमाले

आगामी ४ मंसिरान हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा एमालेबाट २०७४ को स्थानीय निर्वाचनबाट निर्वाचित भएका पूर्ववडाध्यक्ष कुलबहादुर कार्कीले पार्टी परित्याग गरेका छन् । छथर गाउँपालिका-२ तेह्रथुममा एमालेबाट निर्वाचित पूर्ववडाध्यक्ष कार्कीले चुनावको मुखैमा पार्टी परित्याग गरेको विज्ञप्ति सार्वजनिक गर्दै घोषणा गरेका छन् ।

२०४६ सालदेखि एमालेमा आबद्ध भई विभिन्न जिम्मेवारी सम्हाल्दै छथर गाउँपालिका गाउँ कमिटीको सदस्य रहेका कार्कीले पछिल्लाे समय नेतृत्वको गतिविधि मन नपरेकाले पार्टी परित्याग गरेको जनाएका छन् । उनले एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ