मोरङ क्षेत्र नं ३ (क) मा काँग्रेसले मान बहादुर लिम्वुलाई दियो टिकट

मोरङ क्षेत्र नं ३ (क) मा काँग्रेसले मान बहादुर लिम्वुलाई दियो टिकट

  • बिहिबार, कार्तिक २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

कार्तिक २४ विराटनगर । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका लागि नेपाली काँग्रेसले बेलबारी ८ निवासी मानबहादुर लिम्बूलाई टिकट दिएको छ ।

लिम्बू नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् । उक्त क्षेत्रका उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले काँग्रेसलाई नयाँ उम्मेद्वारको मनोनयनका लागि आज १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो ।

नेपाली काँग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले लिम्बूले टिकट पाइसकेको पुष्टि गरे । लिम्वुले आजै मनोनयन गर्ने तयारी छ । लिम्बूले टिकट पाएसँगै अब एमालेबाट उम्मेद्वार बनेका दिलिप राईसँग उनको प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ