युक्रेनको खेरसनबाट रुसी सेना फर्किन मस्कोको आदेश

युक्रेनको खेरसनबाट रुसी सेना फर्किन मस्कोको आदेश

  • बिहिबार, कार्तिक २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

मस्को, २४ कात्तिक । युक्रेनी सेनाको जवाफी आक्रमणबीच रुसले आफ्नो अभियानलाई थप ठूलो धक्का दिँदै बुधबार दक्षिणी युक्रेनको खेरसन सहरबाट आफ्ना सेनालाई फिर्ता गर्न आदेश दिएको छ। “सेना फिर्ता गर्न सुरु गर्नुहोस्,“ रुसी रक्षामन्त्री सर्गेई सोइगुले युक्रेनमा रुसी कमाण्डर सर्गेई सुरोभिकिनसँगको टेलिभिजन बैठकमा भने ।

कमाण्डरले शहरबाट फिर्ता लिने र डिनिप्रो नदीको पूर्वी किनारमा प्रतिरक्षा स्थापना गर्ने “कठिन निर्णय“ प्रस्ताव गरेका थिए । खेरसन सहर रूसले आफ्नो “विशेष सैन्य अपरेसन“ को समयमा कब्जा गरेको पहिलो सहरी केन्द्र थियो र फेब्रुवरी २४ मा आक्रमण सुरु भएदेखि मस्कोको सेनाद्वारा नियन्त्रित एक मात्र क्षेत्रीय राजधानी थियो ।

युक्रेनका सेनाले हप्तौंदेखि ब्ल्याक सी नजिकैको सहर जाने बाटोमा रहेका गाउँहरू कब्जा गर्दै आएका छन् र खेरसनमा क्रेमलिनद्वारा स्थापित नेताहरूले सर्वसाधारणलाई बाहिर निकालिरहेका छन्। तर, युक्रेनले रुसी घोषणाप्रति शंकास्पद प्रतिक्रिया दिएको छ । युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले केही रुसी सेना सहरमा रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ