कार्तिक २३ काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्प प्रभावित डोटी लगायतका जिल्लामा उद्धार तथा राहतका काममा तीव्रता दिन दिर्नेशन दिएका छन् । घाईतेहरुको उपचारमा पनि कुनै कमी हुन नदिन प्रधानमन्त्रीको निर्देशन छ ।
गए राति २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र केन्द्र भई ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो।
‘सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु’, प्रधानमन्त्री देउवाले ट्वीट गर्दै भनेका छन्।
डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ। ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको हो।
घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । यहाँ ८ वटा घर पूर्ण रूपमा भत्किएर क्षतिग्रस्त भएको छ ।