ह्यालोविन उत्सवमा भागदौडः दक्षिण कोरियाली राष्ट्रपतिले मागे माफी

ह्यालोविन उत्सवमा भागदौडः दक्षिण कोरियाली राष्ट्रपतिले मागे माफी

  • सोमवार, कार्तिक २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

एजेन्सी–दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले सियोलमा ह्यालोविन उत्सवमा भागदौडमा भएको ठूलो मानवीय क्षतिका लागि माफी मागेका छन्  ।सोमबार सुरक्षा नियमहरूको समीक्षा गर्नको लागि बसेको बैठकमा उनले माफी मागेका हुन् । एक साताअघि राजधानी सियोल नजिलकैको ह्यालोविन उत्सव मनाउने क्रममा भागदौड मच्चिदा १५६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमध्ये अधिकांश बीसदेखि तीस वर्षका युवा युवती थिए ।

‘आफ्ना छोराछोरी गुमाएका आमाबुवासँग म आफूलाई तुलना गर्ने आँट गर्दिन, तर जनताको जीवन र सुरक्षाको रक्षा गर्ने राष्ट्रपतिको हैसियतमा म दुखी छु’, उनले भने । २९ अक्टोबरमा ह्यालोविन मनाउने क्रममा सियोलको इटावन जिल्लाको साँघुरो गल्लीहरूमा भागदौड मच्चिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ