अमेरीका र दक्षिण कोरीयालाई कडा सैन्य कार्बाही गर्ने उत्तर कोरीयाको चेतावनी

अमेरीका र दक्षिण कोरीयालाई कडा सैन्य कार्बाही गर्ने उत्तर कोरीयाको चेतावनी

  • सोमवार, कार्तिक २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

प्योङयाङ, २१ कात्तिक । उत्तर कोरियाली सेनाले हालैको अमेरिका–दक्षिण कोरियाली सैन्य अभ्यासलाई “खुला उत्तेजक र खतरनाक युद्ध अभ्यास“ को रूपमा वर्णन गर्दै ती देशलाई “दीगो, दृढ, र भारी“ सैन्य कारबाहीका साथ जवाफ दिने धम्की दिएको छ ।

उक्त अभ्यासलाई कोरियाली जन सेनाका जनरल स्टाफले ‘उत्तर तर्फ जानाजानी तनाव बढाउने उद्देश्यले गरिएको खुला उत्तेजना’ भनेका छन् । उनले त्यसलाई ‘आक्रामक प्रकृतिको खतरनाक युद्ध अभ्यास’ समेत भनेको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ ।

रोयटर्सका अनुसार यो चेतावनी उत्तर कोरियाले हालै गरेको मिसाइल प्रक्षेपणको बीचमा आएको छ । अमेरिका र दक्षिण कोरियाबीचको सबैभन्दा ठूलो वायुसेना अभ्यास समाप्त भएको भोलिपल्ट उत्तरले चार ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ