सिराहादेखि रामेछाप बागलुंग सम्म एकै दिन सँयौ एमाले नेता कार्यकर्ता माओवादीमा प्रवेश ( भिडियो सहित )

सिराहादेखि रामेछाप बागलुंग सम्म एकै दिन सँयौ एमाले नेता कार्यकर्ता माओवादीमा प्रवेश ( भिडियो सहित )

  • आइतवार, कार्तिक २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

कार्तिक २० काठमाण्डौँ । चुनावको मुखमा नेता कार्यकर्ताबाट दल अदल बदल गर्ने क्रम अझै रोकिएको छैन । आफ्नो दल छाड्दै अन्य दलमा जाने र आउने क्रम ठूला दलहरुमा भईरहेको देखिन्छ ।

यसै क्रममा आज एमालेका संयौ नेता कार्यकर्ता विभिन्न जिल्लाबाट पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका छन् ।

आज एमाले बागमती प्रदेश कमिटि सचिवालय सदस्य एवं रामेछापका नेता रामकृष्ण लामा सहित दर्जनौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
आज उनीहरुलाई माओवादी अध्यक्ष प्रचण्डले खुमलटारमा एक कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका छन् ।

यसै गरी आजै सिराहामा दुई सय बढी स्थानीय कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।

यसै गरी उता बागलुंगमा पनि युवा संघका एक दर्जन बढी नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई शिक्षा मन्त्री देवेन्द्र पौडेलले पार्टीमा स्वागत गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ