कार्तिक २० काठमाण्डौँ । विद्यमान संसदीय प्रणालीमा देखिएको समस्या र राजनीतिक अस्थीरतालाई रोक्न प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा माओवादीले निरन्तर आफ्नो धारणा राख्दै आएको छ ।
शान्ति प्रकृयामा आएदेखि नै माओवादीले आफनो चुनावी प्रतिवद्धता पत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग गर्दै आएको छ ।
पछिल्लो निर्वाचनमा पनि माओवादीले सोही विषय दोहोर्याएको छ ।
यस पटक जसपाले पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनु पर्ने चुनावी घोषणा पत्रमा उल्लेख गरेको छ । जसपाले संसद पनि समानुपातिक प्रतिनिधित्व हुने खालको बनाउनु पर्ने र यसले मात्रै बहुमतको सरकार र अल्पमतको बिपक्ष हुने असफल व्यवस्थाको विकल्प दिन सक्ने धारणा अघि सारेको हो ।
जसपाको घोषणा पत्रको पूरा पाठ :
https://www.mirmireonline.com/wp-content/uploads/2022/11/Nirwachan-Ghosanapatra-2079-Final-.pdf