राष्ट्रपतिलाई मध्यराति उठाएर संसद भंग गर्ने ओलीले हैन गठबन्धनले नै मंसीर ४ मा सरकार बनाउछ : देउवा

राष्ट्रपतिलाई मध्यराति उठाएर संसद भंग गर्ने ओलीले हैन गठबन्धनले नै मंसीर ४ मा सरकार बनाउछ : देउवा

  • शनिबार, कार्तिक १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

डडेलधुरा कार्तिक १९ । प्रधानमन्त्री शेर बहादुर देउवाले षड्यन्त्र गरेर मध्यराति राष्ट्रपतिलाई ब्युझाएर संसद भंग गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसीर चार पछि सरकार बनाउन नसक्ने दावी गरेका छन् ।

आज डडेलधुरामा आयोजित चुनावी सभालाई संवोधन गर्दै देउवाले चुनाव पछि पनि वर्तमान गठबन्धनकै सरकार बन्ने निश्चित रहेको बताए ।

उनले दार्चुलामा गएर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नहुने भन्दै कुटनीतिक पहलमा सरकार निरन्तर लागेको बताए ।

एमाले अध्यक्ष ओलीले दार्चुलामा पुगेर कालापानी, लिम्पियाधुरा र लिपुलेक एमालेले मात्र फिर्ता ल्याउने, देउवा सुदुरपश्चिमको भए पनि बोल्न नसक्ने भन्दै आलोचना गरेपछि आज देउवाले भाषणले भूमि फिर्ता नहुने बताए ।

उनले काठमाण्डौँमै भाषण गरेर भारत हाम्रै हो भन्न सकिन्छ , त्यसरी भाषण गर्दा भयो कि लड्नु पर्यो, बन्दुक ल्यानुस् लडौँ हैन भने कुटनीतिक माध्यमबाट भूमि फिर्ता ल्याउन सरकार प्रतिवद्ध रहेको भन्दै जनतामा भ्रम नफैलाउन ओलीलाई चेतावनी दिए ।

उनले डडेलधुराकै जनताको सहयोगमा आफू पाँचौ पटक प्रधानमन्त्री भएको भन्दै फेरी पनि सहयोग गर्ने विस्वास व्यक्त गरे । डडेलधुराको विकासका बाँकी काम अब आफैले पूरा गर्ने भन्दै देउवाले सुदुरपश्चिममा काँग्रेस र माओवादी मिलेपछि विकासले तीव्रता लिने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ