उत्तरकोरियालाई तर्साउन सुपरसोनिक बमवर्षक विमान उडाउँदै अमेरिका, कोरीयाले हान्यो चार क्षेप्यास्त्र

उत्तरकोरियालाई तर्साउन सुपरसोनिक बमवर्षक विमान उडाउँदै अमेरिका, कोरीयाले हान्यो चार क्षेप्यास्त्र

  • शनिबार, कार्तिक १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

यो साता शृङ्खलाबद्ध रूपमा क्षेप्यास्त्र परीक्षण गरेर कोरियाली प्रायद्वीपमा तनाव सृजना गरेको उत्तरकोरियालाई तर्साउन अमेरिकाले दक्षिणकोरियाको आकाशमा सुपरसोनिक बमवर्षक विमान उडाउने भएको छ ।

दक्षिणकोरियासँगको संयुक्त हवाई अभ्यासको अन्तिम दिन आज प्योङयाङलाई आफ्नो शक्ति देखाउन अमेरिकाले सुपरसोनिक बमवर्षक विमान पनि अभ्यासमा समावेश गरिएको सोलले बताएको छ । वायुसेनाको संयुक्त अभ्यासमा बमबर्षक विमान पनि समावेश हुने बताएको दक्षिणकोरियाली रक्षा मन्त्रालयले थप विवरण सार्वजनिक गरेको छैन ।

वायु सेनाको संयुक्त अभ्यासमा दुवै देशका अत्याधुनिक एफ थर्टीफाइभ लडाकु विमानसहित दुई सय ४० विमान समावेश छन् । उक्त अभ्यासबाट आाक्रोशित प्योङयाङले यो साता सुमद्रमा दर्जनौँ क्षेप्यास्त्र प्रक्षेपण गर्नाका साथै अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो । उसले आन्तरिकरूपमा युद्धविमानसमेत उडाएर युद्धका निम्ति तम्तयार रहेको सन्देश प्रवाह गरेको थियो ।

‘भिजिल्याण्ट स्टोर्म’ नामको अमेरिकासँगको कोरियाको संयुक्त सैन्य अभ्यासलाई सैन्य टकरावको उन्माद भन्दै उत्तरकोरियाली विदेश मन्त्रालयले शुक्रबार अबेर एक वक्तव्य निकालेर आफ्नो सार्वभौमसत्ता तथा राष्ट्रिय सुरक्षाविरुद्ध लाग्नेहरूलाई कडा जवाफ दिइने जनाएको छ ।
आजै मात्रै दक्षिण कोरीयाको सीमानामा उत्तर कोरीयाले चार वटा मध्यम दुरीको व्यालेष्टीक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरीयाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ