कार्तिक १९ दाङ । दाङ क्षेत्र नम्बर १ का वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले गठबन्धनले भारी मतले चुनाव जित्ने दावी गरेका छन् ।
देउखुरीमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले गठबन्धन प्रगतिशील एजेण्डा सहित लोकतन्त्र र संविधानको रक्षाका लागि बनेकाले जनताले यो गठबन्धनलाई बिजयी गराउने दावी गरे ।
मन्त्री चौधरीले संविधानको रक्षा र यसको कार्यान्वयन मार्फत विकास निर्माणको अगुवाइ गर्ने आफूहरूको प्रतिबद्धता रहेको बताउँदै जनताको चाहना पनि त्यही रहेको जिकिर गरे ।
प्रगतिशील गठबन्धनबाट अत्तालिएर केपी ओलीले प्रतिगामीहरुसँग गठबन्धन गरेको पनि उनको टिप्पणी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline