सुकुम्वासीको भोट आकर्षित गर्न रेखा थापा बस्तीमा, केरमबोर्ड खेल्नेदेखि घर घरमा पुग्दै

सुकुम्वासीको भोट आकर्षित गर्न रेखा थापा बस्तीमा, केरमबोर्ड खेल्नेदेखि घर घरमा पुग्दै

  • शनिबार, कार्तिक १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

कानेपोखरी । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा मोरङ क्षेत्र नं ३ मा चुनावी माहोल रोमाञ्चक बन्दै गएको छ । मोरङ क्षेत्र नं ३ मा काङ्ग्रेस(एमालेबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिरहँदा यस पटक राप्रपाले समेत दुई ठुला पार्टीलाई कडा चुनौती दिने देखिएको छ ।
काङ्ग्रेसले प्रतिनिधि सभा तर्फ सुनिल शर्मालाई, एमालेले भानुभक्त ढकाल र राप्रपाले रेखा थापालाई उमेदवार बनाएको छ । सुरुमा थापालाई दुई ठुला राजनीतिक दलले कमजोर उमेदवार बताउने गरे पनि अहिले तिनै दुई राजनीतक दललाई रेखाले दिएको चुनौतीको सामना गरिराख्नु परेको छ ।

अघिल्लो पटक जितेका सांसदले केही नगरेपछी अहिले मतदाताले विकल्पको रुपमा रेखा प्रती आकर्षित हुन थालेका हुन । अघिल्लो पटकको निर्वाचनमा पुराना विजयी बनेका नेताले जनतालाई दिएको आश्वासन पुरा गर्न नसक्दा दुई ठुला राजनीतिक दल प्रती मतदाता आक्रोशित बन्दै गएका छन् । गत स्थानीय तहको चुनबले परिवर्तनको पक्षमा अनपेक्षित नतिजा ल्याएसँगै यश क्षेत्रमा पनी परिवर्तनको पक्षमा जमात देखिन थालेको छ ।

अघिल्लो निर्वाचनमा निर्वाचित जनप्रतिनिधिले सुकुम्बासी वस्तीको समस्या समाधान गर्न नसक्दा मोरङ क्षेत्र नं ३ का करीब एक हजार घर परिवारले हस्ताक्षर संकलन अभियान अगाडि बढाएका छन् । क्षेत्र नं ३ का कानेपोखरी, बेलबारी र पथरिशनिश्चरे नगरपालिकामा बस्ने सुकुम्बासी वस्तीका घरपरिवारले यस पटक रेखालाई मत हाल्ने र दवाब स्वरूप आफ्नो हस्ताक्षर संसद भवनामा पुर्‍याउन आग्रह गर्दै हस्ताक्षर उक्त संकलित हस्ताक्षर रेखा थापालाई बुझाएका छन् ।
यस क्षेत्रमा ३५ देखी ४० हजारको हाराहारीमा सुकुम्बासी रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ